दार्चुला-दार्चुलामा मंसिर अगामी ४ गते हुने प्रतिनिनिनि सभा र प्रदेश सभा निर्वाचनामा जिल्लामा २४ सय जना अस्थाई मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी भित्रप्रकाश जोसिले मालीकार्जुन खबरलाई बताए । जिल्लामा दुईठाउँमा अस्थाई मतदानकेन्द्र राखिएको छ । जिल्लाभरी भएका नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी, शिक्षक, सरकारी कर्मचारी र कैदीबन्दी गरेर जिल्लामा २४ सय जना अस्थायी मतदाता रहेको सुचना अधिकारी जोसिले बताउनुभयो । जिल्ला भन्दा बाहिर घर भइ दार्चुलामा सरकारी कर्मचारीको रुपमा काम गरिरहेकाहरुको नाम अस्थायी मतदाताको लिष्टमा रहेको उनले बताए। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अस्थायी मतदाताहरुका लागि जिल्ला कारागारमा र घेरेलु कार्यालयमा अस्थाइ मतदान केन्द्र राखिएको निर्वाचन कार्यालय दार्चुलाका सुचना अधिकारी चित्रप्रकाश जोसीले जानकारी दिनुभयो। निर्वाचनमा खटिनेले खटिएको मतदान केन्द्रबाट मतदान गर्न पाउने र निर्वाचनमा नखटिने जिल्लाका कर्मचारीका लागि जिल्ला घरेलु कार्यालय र कारागारबाट मतदान गर्ने पाउने निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ।
