दार्चुला- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। आरजु राणा देउवाले गठबन्धन सरकार बनेपछि नेपालको वैदेशिक सम्बन्ध र सहायता मजबुद भएको बताएकी छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्। उनले भनिन्, ुवर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन्। प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेर समेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो। यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ।ुयस्तै उनले वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रूचाएकाले पनि आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी गरेकी छन्।
