दार्चुलामा दुई किलोग्राम चरेश बरामद

दार्चुला । दार्चुलामा दुई किलोग्राम लागुऔषध चरेशसहित एक जना पुरुष पक्राउ परेका छन् । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ लुम्थि बस्ने ४४ वर्षीय दानसिंह धामीको साथबाट झण्डै दुई किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो ।

मार्माबाट गोकुलेश्वरतर्फ आउदै गरेको से १ ज ६१८ नम्बरको जीपमा सवार धामीको साथबाट लागुऔषध चरेश बरामद गरिएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो

Leave A Reply

Your email address will not be published.