Naya Sadar
Badar

संविधान र संघियता जोगाउने आन्दोलन गठबन्धनले गरिरहेको छ : मन्त्री बडू

Sadar Sano
Naya Mat patra

दार्चुला –प्रतिनिधि सभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले नेपालको संविधान र संघीयता जोगाउने आन्दोलन सत्ता गठबन्धनले गरिरहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रम अन्तर्गत बिहिबार दार्चुलाको अपिहिमाल गाउँपालिका–२ घुसा पुग्नुभएका मन्त्री बडूले एमाले अध्यक्ष केपी ओलीले समाप्त पार्न लागेको संविधान र संघीयता जोगाउन गठबन्धनले आन्दोलन गर्नुपरेको बताउनुभएको हो । जनताको दुई तिहाइ जनमतमाथि केपी ओलीले विश्वासघात गरेकाले अब एमालेलाई जनमत दिनुको औचित्य नै नभएको मन्त्री बडूको भनाइ छ । जिल्लाको विकट क्षेत्र अपिहिमालको घुसा पुगेर मन्त्री बडूले यहाँको महत्वपूर्ण विकास विद्युत र पर्यापर्यटनमा रहेको भन्दै पर्यटकीय पूर्वाधारमा आफूले काम गर्ने बताउनुभयो । मार्मा, घुसा अपिहिमाल जाऔँ भन्ने मूल अभिप्रायका साथ अपिवेश क्याम्पसम्म केबलकार संचालनमा ल्याउने योजना मन्त्री बडूले सुनाउनुभयो । केबरकारको लागि नीजि क्षेत्रसँग सम्झौता गर्ने कार्य भइरहेकाले यसले छिट्टै पूर्णता पाउने बताउनुभयो । साथै मन्त्री बडूले विकट क्षेत्र अपि हिमालमा बाटोघाटो, केन्द्रीय विद्युत लाईन विस्तार र केबलकार संचालनको योजना बनेकाले विकासका लागि गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।  यसैबीच प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीले अपि हिमाल गाउँपालिका पर्यटन क्षेत्रको लागि अन्यन्त आर्कषक ठाउँ भएकाले यसलाई समृद्ध बनाएर अगाडी बढ्ने बताउनुभएको छ । अपिबेशसम्म पर्यटकको आवागमनमा सहजताका लागि पदमार्गलाई व्यस्थित ढंगले अगाडी बढाइ काम भइरहेकाले विभिन्न थप पूर्वाधार निर्माण गर्ने बताउनुभयो । साथै उहाँले सडक र विद्युतको सुविधाका लागि केन्द्र र प्रदेश सरकारले काम गर्ने बताउनुभयो । अपिहिमाल पुगेका द्धय उम्मेदवारहरुलाई स्थानीयहरुले फूलमालाले भव्य स्वागत गरेका छन् ।

Leave A Reply

Your email address will not be published.