Naya Sadar
Badar

दार्चुलाको शैल्यशिखरमा आज र भोलि सार्वजनिक बिदा

Sadar Sano

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले जिल्लाको प्रमुख एवम राष्ट्रको सातौ धामका रुपमा परिचित मालीकार्जुन देवताको शिखर पुजन जात्रा कार्तिक शुक्लत्रयोदशीका दिन लाग्ने भएकाले आज २० गते बिदा दिएको छ । यस्तै कार्तिक चतुर्दशीका दिन भोली शैल्य मालीकार्जुनमा रात्रीकालीन बिसाल जात्रा लाग्ने भएकाले नगरपालीका भित्र २० र २१ गते गरि दुई दिन सार्वजनिक बिदा दिईएको नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।

Naya Mat patra

कार्तिक शुक्लत्रयोदशी र चतुर्दशीको दिन शिखर पुजन जात्रा र रात्रीकालीन बिसाल मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । आज र भोलि नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायत सार्वजनिक निकाय बन्द रहने बताइएको छ ।

शिखर पुजन जात्रा र रात्रीकालीन बिसाल मेलालाई दार्चुला क्षेत्रको सबैभन्दा ठूलो मेलाको रुपमा लिने गरिन्छ ।

यस्तै मेलालाई शान्तपूर्ण रुपमा सञ्चालन गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषण गरिएको छ । कसैले मदिराको कारोबार र सेवन तथा जुवातास खेले अथवा खेलाएको पाइएमा कानुन अनुसार कारवाही हुने मालिकार्जुन गाउपालिका वडा नम्बर ३ ले बताइएको छ ।

Leave A Reply

Your email address will not be published.