बाजुरामा एउटा मतपेटिकामा आगजनी

बाजुरा – आज आइतवार भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत बाजुरामा एउटा मतपेटिकामा आगजनी भएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर १ को भगवती आधारभूत विद्यालय मतदान केन्द्रको प्रदेश सभा समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कसले आगो लगायो भन्ने जानकारी आएको छैन । मतपेटिका नै जलेपछि अहिले मतदान कार्य रोकिएको प्रहरी कार्यालयले जनाएको छ ।

आठ सय ४० जना मतदाता रहेका यस केन्द्रमा मतपेटिकामा आगजनी हुनुअघि पाँच सय २८ मत खसेको थियो ।

Leave A Reply

Your email address will not be published.