दार्चुला दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर ( १ ) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई १६७६ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो ।
नेपाली कांग्रेसका नेता समेत रहनुभएका धामीले १५ हजार १२७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो ।
प्रदेशसभा क्षेत्र नम्बर ( २ ) मा गठबन्धनकै साझा उम्मेदवार माओवादी नेता मानबहादुर धामी निर्वाचित भइसक्नुभएको छ ।