दार्चुलामा बडू अघि बढे, ठगुन्ना १०७६ मतले पछाडि

दार्चुला – दार्चुलाको प्रतिनिधिसभा क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा जारी छ। एमाले उम्मेदवार गणेशसिंह ठगुन्ना र नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूका बीच रोचक प्रतिस्पर्धा भइरहेको हो।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका बडूले अग्रता लिएका छन्। उनले १६ हजार ६६१ मत प्राप्त गरेका छन्। १५ हजार ५८५ मतसहित ठगुन्ना पछ्याइरहेका छन्।

यहाँ नेपाली कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो। प्रदेशसभा क्षेत्र १ मा कांग्रेसका विक्रमसिंह धामी र २ मा माओवादीका मानबहादुर धामी विजयी भइसकेका छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.