दार्चुलामा बडूले २८ हजार ५१५ मत ल्याउँदै बिजयी

दार्चुला –प्रतिनिधिसभा एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाली कांग्रेसका दिलेन्द्र प्रसाद बडू विजयी हुनु भएको छ । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहनु भएका बडू २ हजार १ सय ३४ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले घोषणा गर्नु भएको छ । बडूले नेकपा एमालेका गणेश सिंह ठगुन्नालाई २ हजार १ सय ३४ मतान्तरले पराजित गर्नु भएको हो । बडूले खसेको कुलमत ५८ हजार ५८ मत मध्ये २८ हजार ५१५ मत प्राप्त गर्नु भएको छ, भने उहाका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका गणेश सिंह ठगुन्नाले २६ हजार ३ सय ८१ मत प्राप्त गर्नु भएको छ । यस्तै राप्रपाका नरेन्द्र सिंह धामीले ३८०, राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन्द्र सिंह धामीले १५८, नेमकिपाका विश्वराम दुवालले ७८, राप्रपा नेपालका देवबहादुर बमले १३, संघिय लोकतान्त्रिक राष्टिय मञ्चका रमेशराम लुहारले २९, नेश्नलिष्ट पिपुल्स पार्टीका धर्म सिंह दयालीले ४७, नागरिक उन्मुक्ती पार्टीका तारादत्त जोशीले ६५ मत प्राप्त गर्नु भएको छ । यसैबिच प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस महासमिति सदस्य तथा गठबन्धनका साझा उम्मेदवार बिक्रम सिंह धामी विजयी हुनु भएको छ । प्रदेशसभा क्षेत्र नम्बर १ अन्तरगत पर्ने ब्याँस, दुहुँ गाउँपालिका, महाकाली नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाबाट कुल खसेको ३१ हजार ५४२ मत मध्ये १५ हजार १२७ मत प्राप्त गर्दै धामी विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले घोषणा गर्नु भएको हो । उहाका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका हरदेव जोशीले कुल खसेको मत मध्ये १३ हजार ४५१ मत प्राप्त गर्नु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार शंकर सिंह धामीले १ हजार ४१८ मत प्राप्त गर्नु भएको छ, भने राष्ट्रिय प्रजातन्त्र पार्टीका चक्रबहादुर बमले ३२७, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नन्दी कामीले ८५ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैबिच प्रदेशसभा क्षेत्र नम्बर २ को मंगलबार राती १२ बजे सकिएको मतगणना अनुसार माओवादी केन्द्रका नेता तथा गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी बिजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै उहाँ बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग मन्त्री समेत रहनु भएका धामीले कूल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नु भएको थियो । धामी २०७४ सालमा पनि यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनु भएको थियो ।

health
Leave A Reply

Your email address will not be published.