दार्चुलाको मार्मा पुर्खौली घर भएका सिह मकवानपुरबाट सांसद चुनिए 

दार्चुला – दार्चुला को मार्मा पुर्खौली भएका दिपक बहादुर सिह मकवानपुरबाट सांसद चुनिए का छन । राप्रपाबाट उम्मेदवार उनि मकवानपुर क्षेत्र नम्बर–१ बाट विजयी भएका हुन । दार्चुलाको मार्मा पुर्खौली घर भएका सिह लामो समयदेखि मकवानपुर बस्दै आएका थिए । उनका काका अकबर बहादुर सिह २०४८ मा दार्चुला २ बाट सांसद बनेका थिए । कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीनाले २५ हजार ४२३ मत प्राप्त गरिन् ।
उनी नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र राप्रपा नेपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
सिंहले २ हजार ३९३ मतको फरकमा विजयी भएका हुन् । एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपाले हेटौंडामा २८ वर्षपछि विजयी भएको हो । २०५१ सालको निर्वाचनमा राप्रपाका तत्कालिन उम्मेदवार कमल थापाले एमालेका कृष्ण दाहाललाई पराजित गर्दै विजयी भएका थिए ।

Leave A Reply

Your email address will not be published.