दार्चुलाको एक फेन्सी स्टोरमा आगलागी हुदा ठुलो क्षती

दार्चुला- दार्चुलाको एक फेन्सी स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको छ । महाकाली फेन्सी स्टोरमा आगलागी हुँदा ठूलो संख्यामा कपडा र धनमाल जलेर नष्ट भएका हुन् । शनिबार राति ११ बजे महाकाली नगरपालिका–४ राधाकृष्ण चोकको न्यु महाकाली फेन्सी स्टोरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नगरपालिकाकै मोहती बस्ने दिपेन्द्र ऐरीको कपडा पशलमा विद्युत तार सट भइ अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । आगलागीबाट मानविय क्षति नभएको तर ठूलो भौतिक क्षति भएको र क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.