जनताहरुको माग पूरा गर्छौ : सांसद् धामी

 दार्चुला – दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सासंद बिक्रम सिह धामीले जनताको सेवामा अहोरात्र खटीने बताउनुभएको छ। मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा मतदान गरेर बिजयी गराउने सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिदै जनताको सेवामा सधै खटिने बताउनु भएको  छ। शनिबार मालिकार्जुन गाउँपालिका- ७ जोलजिवी स्थित ऐतिहासिक जोलजिवी सांस्कृतिक महोत्सवको समापन समारोहमा बोल्दै उहाले प्रदेश क्षेत्र नम्बर १ का जनताको शिर निहुरिन नदिने गरी काम गर्ने बताउनुभयो । उहाले निर्वाचनको बेला जनता समक्ष गरेका बाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् । साथै सरकारी विद्यालयमा शैक्षिक गुणस्तर कम हुँदा बोर्डिङ स्कुल पढाउन गाउँ–गाउँबाट बच्चा र आमाहरु सहर केन्द्रीत हुँदा घरमा जेष्ठ आमाबुवाको विच्चली हुनुका साथै सरकारी विद्यालय प्रतिको आकर्षण घटिरहेको भन्दै अभिभावक र बच्चाहरुको सरकारी विद्यालयप्रति आकर्षण बढाउन प्राथमिक तहमा अंगे्रजी विषयको अनिवार्यरुपमा पढाई गर्न जरुरी रहेको बताउनुभयो । शिक्षा, स्वास्थ, खानेपानी, विद्युत र अन्य कुराको विकासमा आफ्नो साथ र सहयोग रहने उहाले जनाउनुभयो । निर्वाचित भए संगै  धामीले मतदाताहरुसंग भेटघाट कार्यक्रमलाई जारी राखेका छन् ।

Leave A Reply

Your email address will not be published.