स्थानिय तह र विद्यालय स्तरको शिक्षा क्षेत्रको बिपत पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी दार्चुलामा सम्पन्न
दार्चुला-जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँ पालिकामा स्थानिय तहको शिक्षा क्षेत्र र बिधालयका लागि बिपत पुर्ब तयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । दार्चुलाका १० वटा बिधालयका २० जना शिक्षकहरु र २ वटा स्थानीय तह महाकाली नगरपालिका र नौगाड गाउँ पालिकाका २/२ जना गरि जम्मा २४ जनालाई उक्त कार्यशाला गोष्ठीमा सहभागी गराएर प्रशिक्षण दिइएको प्रदेश समन्वय संयोजक हर्क ऐरले बताए, उन्ले भने दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँ पालिका पनि बिपत युक्त क्षेत्र भएकाले कार्यक्रममा बोलाइएको हो । उक्त कार्यक्रम मंसिर ११ गते देखि १३ गते सम्म संचालन भएको हो । यो कार्यक्रम बाट जिल्लामा देखिएको बिपत पुर्ब तयारी र बिपत आइ सके पछि के कस्तो तरिका अपनाउने भन्ने सम्बन्धमा तिन दिने गोष्ठी संचालन गरिएको सुचना अधिकारी खडक बिकले जानकारी दिए । युनिसेफ नेपालको आर्थिक सहयोग र मर्सीकोर नेपालको प्राबिधिक सहयोगमा सामुदायिक बिकास केन्द्र (CDC ) डोटिको समन्वयमा तिन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । मर्सिकोर नेपालको तर्फबाट रुपा श्रेष्ठ ,प्रशिक्षक लोकेन्द्र प्रसाद भट्ट , प्रदेश संयोजक हर्क ऐर,सुचना अधिकारी खडक बिकको सहभागिता रहेको थियो । तीन दिन सम्म जिल्लामा संचालित कार्यशाला गोष्ठीले बिधालय र स्थानिय तहलाई शिक्षा क्षेत्रको बिपद् पूर्व तयारी तथा प्रतिकार्य निर्माणमा थप सहयोग पुग्ने छ । यी कार्यक्रमहरु सुदुर पश्चिम् प्रदेशको दार्चुला ,बझाङ ,डोटि र कंचनपुर गरि चार वटा जिल्लामा संचालित रहेको प्रदेश संयोजक हर्क ऐरले बताए ।