सरकार गठनका लागि सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाण्डौ – सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो ।

माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो । तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाब दिनको लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको एक नेताले बताएका छन् । बैठक भोलि पनि बस्नेछ ।

Leave A Reply

Your email address will not be published.