दार्चुला –दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा रहेको हुनैनाथ माबि कुणीमा कार्यरत दुई जना शिक्षकको विदाई गरिएको छ । विगत लामो समयदेखि शिक्षक सेवा सप्राप्त गर्नुभएका शिक्षक नारायणदत्त मिश्र र रघुनाथ जोशीको विदाई गरिएको लेकम गाउँपालीका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज जोशीले मालीकार्जुन खबरलाई बताए। बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षता रहेको थियो भने लेकम गाउँपालीका वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीको प्रमुख आतिथ्यता रहेको विद्यालयले जनाएको छ। मबि द्धितिय श्रेणीका शिक्षक नारायणदत्त मिश्र ३८ वर्ष शिक्षण गरेर अनिवार्य अवकास प्राप्त गर्नुभएको छ । भने प्रावि द्धितिय श्रेणीका शिक्षक रघुनाथ जोशी ३७ वर्ष शिक्षण पेसामा आवद्ध भएर स्वेच्छिक अवकास प्राप्त गर्नुभएको विद्यालयका प्रधानाध्यपक अम्बादत्त जोशीले बताउनुभयो। शिक्षक अभिभावक संघका अध्यक्ष पदमसिंह धामी, प्रधानाध्यपक अम्बादत्त जोशी लगायतको आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मानसहित विदाई गरेको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा शिक्षक विद्यार्थी अभिभावकहरुको सहभागिता रहेको थियो। , फुलमाला, अबिर र सम्मानपत्रसहित सम्मान गरेर विदाई गरेको जोशीले बताउनुभयो । उहाँहरुले विद्यालयको चौतर्फी विकासमा पुर्याएको योगदानको कदर गर्दै सुखमय सेवा निवृत्त जीवनको कामनासहित विदाई गरिएको प्रधानाद्यापक अम्बादत्त जोशीले बताउनुभयो । तस्बिर लोकदर्पण टि .भी डटकमबाट
