दार्चुला –प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत उम्मेदवार पनि नबनाएर राजनीतिक दलहरूले महिलाहरूमाथि राजनीतिक हिंसा गरेको निर्वाचन आयोगले टिप्पणी गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरूमाथि विभेद गरेको बताउनुभएको हो ।निर्वाचन आयोगले आज काठमाडौंमा आयोजना गरेको निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशिता विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले लैङ्गिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यबद्धता रहेको र त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको पनि स्पष्ट पार्नुभयो । उहाले राजनीतिमा महिलाहरूमाथि हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्ष र राजनितिक दललाई सचेत रहन पनि आग्रह गर्नुभएको छ ।
सीआईएन