विषय गत शिक्षकको माग गर्दै मा वि मिलमिलीमा तालाबन्दी
शैक्षिक क्षेत्रमा हुँने राजनैतीक खिचातानी बन्द गर्न माग
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा रहेको मालिकार्जुन माध्यमिक विध्यालयमा मिलमीलीमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन ।
विगत लामो समयदेखी विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीरुले तालाबन्दी गरेका हुन् ।
विषयगत शिक्षकहरु नभएकोले पटक पटक शिक्षक पदपुर्तीको लागी माग गर्दा समेत शिक्षक पदपुर्ती नभए पछि विद्यालयमा अनिसीतकालीन तालाबन्दी गरिएको कक्षा १० मा अध्ययनरथ छात्रा रन्जना धामीले मालिकार्जुन खबरलाई बताउनुभयो ।
शैक्षिक सत्रको आधा भन्दा बढी समय बितिसक्दा समेत विद्यालयमा शिक्षक नहुँदा पढाइ प्रभावित भएकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको उहाँको भनाई छ ।
नगरपालिकाले करारमा राखेका नगर शिक्षक गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नगरपालिकामा नयाँ नेतृत्व आए संगै नगर करार शिक्षकको करार अवधि थप नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यालयमा रहेका नगर करार शिक्षक हटाइएका थिए । नगर करारमा रहेका शिक्षक बर्खात भएपछि नगरपालिकाले विद्यालयमा नयाँ शिक्षक भर्ना नगरेकोले विद्यालयमा शिक्षक अभाव भएको र विद्यार्थीको पढाइ समेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक विर सिंह खातीले बताउनुभयो ।
नगरपालिकामा नेतृत्व परिवर्तन भए संगै नगर करारमा रहेका कर्मचारी पनि परिवर्तन गर्ने परिपाटीले शिक्षा क्षेत्रमा मात्रै नभइ अन्य प्रशासनिक क्षेत्रमा समेत नकारात्मक असर पर्ने गरेको जानकारहरुको भनाई छ ।
शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रमा राजनीती गरेर विद्यार्थीको भविष्य माथी नै खेलवाड भइरहेको प्रती एक जना अभिभावक दिपक सिंह धामीले गुनासो गर्नुभयो।
गत बैशाखमा हटाइएका शिक्षक तथा कर्मचारीको स्थानमा नयाँ कर्मचारी पदपुर्ती नहुदा समस्या भएको छ । शैक्षिक सत्र सुरु हुने बेलामा शिक्षक दरबन्दी खाली भएको भए पनि अहिले सम्म नगरपालिकाले शिक्षक नियुक्त गर्न नसक्नु दुखद कुरा रहेको नगरबासिको भनाई छ।
विद्यालयमा रहेका ४ जना शिक्षक र एक जना बालविकास सहयोगी गत बैसाखमा हटाइएका थिए । बैसाख देखि हाल सम्म राजनैतीक किचलोको कारण विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएकोले विद्यालयमा अनिसितकालिन तालाबन्दी गर्नुपरेको कक्षा १० मा अध्यनरत विद्यार्थी सन्तोष धामीले बताउनुभयो ।
पटक पटक शिक्षक पदपुर्तीको लागी आग्रह गर्दा पनि सम्बन्धीत निकायले चासो नदेखाए पछि बाध्यभएर तालाबन्दी गरेको धामीले बताउनुभयो । उहाँका अनुसार ८ महिना देखि विद्यालयमा विषयगत शिक्षक छैनन् । शिक्षक पदपुर्तीको लागी पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाही भएको छैन ।
विद्यालयका प्रधानाध्यापक विर सिह खाती लाई बुझ्दा विद्यालयले आवश्यक शिक्षक पदपुर्तीको लागी नगरपालिकामा मौखिक रुपमा जानकारी गराएको र अहिले सम्म कुनै प्रतिक्रिया नदिदा यस्तो समस्या आएको बताउनुभयो ।
यो विषयमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टले एक जना सामाजिक विषयको शिक्षकको लागी विज्ञापन खोलेको र आवेदन नपरेपछि म्याद थप गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
