दार्चुला – दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । खलंगाबाट गोकुलेश्वरतर्फ जादै गरेको मोटरसाइकल महाकाली नगरपालिका वडा नम्बर ५ खेट्टेबगडमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना पुरुष घाइते भएका हुन् ।
घाइते हुनेमा शैल्यशिखरका माओबादी युवा नेता जगदिश साउँद र लेकम गाउपालीका वडा नम्बर २ का हरकसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेमध्ये साउँदको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते दुबैजनालाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा थप उपचारका लागि नेपालगन्जको ,कोहलपुर रेफर गरिएको छ ।