अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण गरे कार्वाही हुने (सूचना सहित)

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण गरेको पाइए कानुन बमोपजम कार्वाही गर्ने भएको छ ।

जिल्लामा भित्र पछिल्लो समय अनधिकृत रुपमा व्यक्ति तथा पसलहरुबाट अनुमती बिनै पेट्रोल, डिजेल तथा मट्टीतेको विक्रि वितरण भइरहेको सूचना आएकोले त्यस्तो काम नगर्न प्रशासन कार्यालय दार्चुलाले सूचीत गरेको हो ।

प्रचलीत कानुन अनुसार पेट्रोलियम पदार्थ विक्रि वितरण स्थालहरुमा आवश्यक सुरक्षा सावधानी तथा सुरक्षा सामग्रीहरु समेत नभएकोले जुनसुकै समयमा पनि दुर्घटना हुन सक्ने जोखिम रहेकोले पेट्रोलियम पदार्थको अनधिकृत विक्रि वितरण नगर्न प्रशासन सूचना प्रकाशन गरेको छ ।

जिल्ला भित्र रहेका कतिपय स्थानमा व्यक्ति तथा व्यापारीहरुले प्रयाप्त सुरक्षा सावधानी विनै पेट्रोलियम पदार्थको विक्रि वितरण गरिरहेको भन्ने जन स्तरबाट गुनासो आएकोले विक्रि वितरण रोक्न प्रशासन सुचना जारी गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउदले जानकारी दिनुभयो । अनधिकृत रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम कार्वाही जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.