बडिपुर माबि सर्मोलीको विद्यालय व्यबस्थापन समिती अध्यक्षमा साउँद चयन

दार्चुला-जिल्लाको लेकम गाउँपालीका वडा नम्बर १ मा रहेको श्री बडिपुर माबि सर्मोलीको विद्यालय व्यबस्थापन समिती गठन भएको छ। शुक्रबार वडा नम्बर १ का वडाअध्यक्ष नवराज पन्तको अध्यक्षतामा बसेको भेलाबाट मान सिंह साउँदलाई विद्यालय व्यबस्थापन समितीको अध्यक्षमा चयन गरेको छ। समितीको सदस्यहरुमा अमर सिंह कार्की सुरेश सिंह बिष्ट लक्ष्मि बोहरा राधिका बिष्ट दिपा बोहरा चयन हुनुभएको विद्यालयले जनाएको छ । भेलाले दौलत सिंह साउँद अध्यक्ष रहने गरि ११ सदस्यीय अभिभावक संघ पनि गठन गरेको बताएको छ

Leave A Reply

Your email address will not be published.