दार्चुला : चालु आर्थिक बर्षको हाल सम्म सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु

दार्चुला । दार्चुलामा ५ महिनाको अवधिमा सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७९ ⁄ ८०को मंसिर सम्म जिल्ला भित्र सवारी दुर्घटनामा परि १३ जनाको मृत्यु भएको हो । यो अवधिमा ११ वटा सवारी साधन दुर्घटनामा परेका छन ।

जिल्ला भित्र ५ महिनाको अवधिमा ११ सवारी साधन दुर्घटना हुदा १३ जनाको मृत्यु भएको र अन्य २१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रहरी सहायक निरिक्षक धनि दत्त जोशीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.