दार्चुला –लेकमको वडा नम्बर १ सर्मोलीमा विद्युत चार्ज गरिएको छ । वडा नम्बर १ को खिर्रामा राखिएको ट्रान्सफर्मर सफलतापुर्वक चार्ज भएपछि गाउँमा बिजुली छोड्ने तयारी गरिएको हो । ढिलै भएपनि विद्युत बल्न लागेकोमा खुसी लागेको स्थानीयको प्रतिक्रिया छ ।
अहिले तत्कालै सर्मोलीको वडा नम्बर १ को मल्लागाउँ, पट्युडी, ढकनाघर लगायत बस्तीमा विजुली बल्ने लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नबराज पन्तले जानकारी दिनुभयो । बाँकी बस्तीमा समेत छिट्टै बिजुली बाल्ने गरी प्रयास भइरहेको उहाँको भनाई छ । लामो प्रयासपछि गाउँमा विजुली बाल्ने प्रयास सफलताको चरणमा पुगेको उहाँले बताउनुभयो ।