राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको सक्रिय हस्तक्षेपको खाँचो स् अध्यक्ष नेपाल

दार्चुला– नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले देशमा राजनीतिक घटनाक्रमले नाटकीय मोड लिएको बताउनुभएको छ ।

पार्टीको सुदूरपश्चिम प्रदेशले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा निर्वाचित नेतालाई बधाई तथा शुभकामना दिन आज मङ्गलवार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनका केही नेताको असमझदारीका कारण राजनीतिमा एकाएक परिवर्तन आएको बताउनुभयो । राजनीतिमा परिवर्तन आएको भए पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै उहाँले आफ्नो पार्टीको राष्ट्रिय राजनीतिमा सक्रिय हस्तक्षेपको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पार्टी सङ्गठनलाई देशभर विस्तार गरी नयाँ आधार तय गर्न सबै तहका नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै नागरिकको सेवालाई केन्द्रमा राखेर राजनीति गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

राजनीतिमा देश र नागरिकको सेवा महत्त्वपूर्ण हुने हुँदा आत्तिन र मात्तिन नहुने भन्दै उहाँले यस क्षेत्रमा विश्वास र विश्वसनीयता कायम राखेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले पार्टीका तर्फबाट नवनिर्वाचित नेतालाई जनअपेक्षित काम गरी जनजनमा पुग्न सुझाव दिनुभयो ।

Leave A Reply

Your email address will not be published.