आफ्नै नेताकाे बदख्वाइँ गर्ने, अरूकाे प्रशंसा गर्ने काम बन्द गराैँ : माधव नेपाल

दार्चुला– नेकपा एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज मङ्गलवार सम्पन्न पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटीभन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाइँ गर्ने, अरूको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरीत काम नगर्न सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउनुभयो । उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँड्ने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराउनुभयो ।

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागतरूपमा चलोस् भन्ने चाहेको पटक–पटक दोहोर्‍याउनुभयो । उहाँले भन्नुभयो, ‘यो बैठकमा सबैले खुलेर आफ्नो विचारहरू व्यक्त गर्नुभएको छ । विचार व्यक्त गर्नुभएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु । वास्तवमा हामीले खोजेको पनि त्यही हो । बैठकमा व्यापक छलफल गर्ने, व्यापक अन्तरक्रिया गर्ने, कमिटी प्रणालीको आधारमा अगाडि बढ्ने हो । जे–जे लागेको छ कमिटीमा राखौँ । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरू बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि हामी अनुशासन तोड्ने, फेरि हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाइँ बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाइँ गर्ने, अरूको प्रशंशा गर्ने अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैँ ठूलो हुुने तरिका बन्द गरौँ ।’

अध्यक्ष नेपालले पार्टी कमिटीभित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेकोसमेत बताउनुभयो ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.