भारतले तटबन्ध हटाएन, स्थानीयद्धारा गृहमन्त्रीलाई ज्ञापन पत्र

दार्चुला । दार्चुला सदरमुकाम खंलगामा भारतीय पक्षले महाकालीको नदी किनारमा अन्तराष्ट्रिय सिमा सन्धी बिपरित निर्माण गरेको बाँध हटाउनुको साटो नेपाली पक्षले नै नेपाल तिर नदि छेउमा रहेको ढुङ्गा माटो हटाएर जोखिम बढाएको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय दार्चुलामा ज्ञापन पत्र बुझाएका छन।

भारतले माहाकाली नदिमा निर्माण गरिरहेको तटबन्धले दार्चुला सदरमुकाम उच्च जोखीममा रहेको र नेपाली पक्षले समेत नेपाल तीरको ढुङ्गा माटो हटाएर दार्चुला सदरमुकाममा जोखीम बढाइरहेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र बझाएको स्थानीय अमन सिंह बोहराले बताउनुभयो ।

भारतले अन्तराष्ट्रिय सिमा सन्धी बिपरित माहाकाली नदिमा एकलौटी रुपमा निर्माण गरिरहेको तटबन्धले दार्चुला सदरमुकाम उच्च जोखिमा परेको भन्दै स्थानीयले पटक पटक बिरोध गरिरहेका छन। तटबन्ध रोक्नको लागी बिरोध प्रर्दशन भए पछि नेपाल र भारतको स्थानीय प्रशासन बिच छलफल भएको थियो । छलफल पछि भारतीय पक्षले निर्माण गरिरहेको तटबन्ध १० दिन भित्रै हटाउने सहमती समेत भएको थियो । तर भारतले सहमती अनुसार तटबन्ध नहटाएको स्थानीयले बताएका छन।

नेपाली प्रशासननले तटबन्ध हटाउन पहल गर्नुको साटो भारतीय पक्षको माग अनुसार नेपाल तर्फ बांगाबगर क्षेत्रको ढुङ्गा माटो हटाइरहेको भन्दै स्थानीयले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । भारतीय पक्षको सामु नेपाली प्रशासन निरिह भएको भन्दै स्थानीयले भारतले पुर्व सहमती अनुसार तटबन्ध नहटाउदा सम्म बांगाबगर क्षेत्रको ढुङ्गा माटो हटाउन नदिने जनाएका छन। यस अघि पनि सोही तटबन्धको बिषलाइ लिएर नेपाल र भारती पक्ष बिच बिवाद भए पछि नेपाल र भारतका स्थानीय अधिकारीबिच भएको छलफलमा भारतले नियम बिपरित निर्माण गरिरहेको तटबन्ध १० दिन भित्र हटाउने सहमती भएको थियो ।

No description available.

health
Leave A Reply

Your email address will not be published.