दार्चुला – नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ०८ तल्चौरा स्थित सहकारी संस्थाको १० औँ साधारण सभा शनिबार सम्पन्न भएको हो ।
सहकारी सस्थाका अध्यक्ष नारायण दत्त जोशीको सभाध्यक्षता तथा शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजय सिह धामीको प्रमुख आतिथ्यतामा शनिबार साधारण सभा सम्पन्न भएको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडका सस्थापक अध्यक्ष जनक राज जोशीले जानकारी दिए ।
१० औँ साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक केसब दत्त जोशीले सहकारी संस्थाको कुल पुजि जम्मा १ करोड ६० लाख ६६ हजार ५ सय ०२ रहेको बताए ।
२०६९ सालमा स्थापना भएको नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडमा अहिले ६ सय ५ जना सेयर सदस्य, १ सय ८५ बाल बचत कर्ता, १२ जना ऐच्छीक बचत कर्ता, १२ जना खुत्रुक्के बचत कर्ता र १ समूह रहेका बताइएको छ ।