दार्चुला । दार्चुलामा तुइन तर्ने क्रममा तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन । जिल्लाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर एक बालक बेपत्ता भएका हुन्।
नेपालको ब्यास बाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएको स्थानीय दिपक खातीले बताउनु भयो।
यो घटना बारे जिल्ला प्रहरी कार्यालय दार्चुला लाई बुझ्दा अहिले सम्म कुनै पनि जानकारी नआएको बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी निरक्षक तथा सूचना अधिकारी गोबिन्द भण्डारी का अनुसार घटना को बारेमा स्थानीयले कुनै जानकारी नगराएको र अहिले प्रहारी चौकी सुन्सेरा बाट बरिस्ठ प्रहरी सहायक निरक्षक भरत अधिकारी को नेतृत्वमा प्रहरी घटना स्थल तर्फ पठाएको बताउनु भयो ।
बेपत्ता दिपेन्द्र बिहीबार २१ गते दिउसो २ बजे भारततिर खर काट्न गएकी आमाको पछि–पछि गएका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबार मात्र जानकारी भएको ब्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार बेपत्ता दिपेन्द्र ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र हुन।
डोकड का स्थानीय हरु खर काटन भारततिर जाने चलन रहेको र ‘सय मिटर माथि झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन। तुइन काट्ने डरले स्थानीय हरुले घटना बाहिर नल्याएको हुन सक्ने स्थानीय दिपक खातीले बताए।