लेकम ३ को कनालाइजर सलानी पिपिसि बाटो निर्माण कार्य सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालीका वडा नम्बर ३ मा पर्ने मकन्ना कनालाइजर देखी सलानी सम्मको पिपिसि बाटो निर्माण कार्य सम्पन्न भएको छ । आर्थिक बर्ष २०७९ -०८० को बार्षीक स्कृत बजेट मार्फत पहिलो चरणमा करिब ९० मिटर पिपिसि बाटो निर्माण गरिएको हो ।

वडा कार्यलयको १ लाख ५० हजार बजेट मार्फत उक्त बाटो निर्माण गरिएको वडा नम्बर ३ का कार्यबाहक वडा अध्यक्ष हरी दत्त जोशीले बतानुभयो । स्थानीय उपभोक्ता समिती मार्फत उक्त बाटो निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा भित्र रहेका अन्य योजनाहरुको पनि निमार्ण कार्य चलीरहेको र छिटो छरीतो काम गर्न समेत कार्यबाहक वडा अध्यक्ष जोशीले आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.