दार्चुलामा बेवारिसे सब फेला

दार्चुला दार्चुलामा एक युवतीको बेवारीसे शव फेला परेको छ । जिल्लाको व्यासँ गाउपालिका (४ डोकटको सुनकोट महाकाली नदी किनार क्षेत्रमा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो
उहाँका अनुसार अन्दाजी १५ /१६ वर्षकी बालिका सढेको अवस्थामा मंगलबार दिउँसो फेला परेको हो।

बालिकाको शवलाई भारतीय नागरीकले देखेपछि नेपाल प्रहरीलाई खवर गरेको थियो।
घटनाको बारेमा थप अनुसन्धान गर्न अहिले सुन्सेरा प्रहरी चौकी तथा इलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी साहयक निरीक्षक लोकेन्द्र सिह कार्कीको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.