अबरुद्ध भीमदत्त राजमार्ग खोल्न सकस

दार्चुला :पहिरोका कारण एक सातादेखि अवरुद्ध भीमदत्त राजमार्गको गोदावरी र बुढीतोला क्षेत्रमा सडक सुचारु गर्न समस्या भइरहेको छ। निरन्तर वर्षासँगै स–साना पहिरो र माटो खस्ने गरेकाले राजमार्ग निर्वाध रुपमा सुचारु गर्न समस्या भइरहेको हो। पहिरोले सडक क्षतिग्रस्त भएको ठाउँमा नयाँ ट्रयाक खोलिएपछि केही सवारीसाधन पास गरिए पनि अहिले फेरी यातायात सेवा ठप्प छ।

वर्षाले ट्रयाक हिलाम्य भएर गाडी फस्न थालेपछि यातायात आज दिउँसो १ बजेदेखि ५ बजेसम्म काम गर्ने भनेर यातायातका साधन रोकिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।सोमबार तराईबाट पहाडको लागी र पहाड बाट तराईको लागी छुटेका बस ट्रक तथा जीपहरू ग्र्याबिल हालेर राती १ बजे ओहोर दोहोर गराइएका थिए । पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये करिब सय मिटर सडक पूरै क्षतिग्रस्त बनेको छ।
आयातित खाद्यान्नमा निर्भर हुने सुदुरपस्चिमका पहाडी जिल्लामा सवारी साधन ठप्पहुदा अत्यावश्यक बस्तुहरुको अभाव हुनथालेको छ ।

Leave A Reply

Your email address will not be published.