कांग्रेस अधिवेशन : दार्चुलाका ४ स्थानिय तहमा सर्वसम्मत नेतृत्व चयन

दार्चुला : नेपाली काग्रेस दार्चुलाको शनिबार दार्चुलाका ९ वटै स्थानीय तहमा अधिवेशन सुरु भएको छ । जिल्लाको मालिकार्जुन, अपिहिमाल, मार्मा गाउँपालिका, नौगाड गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ ।
मालिकार्जुन गाउँपालिकामा भने निर्वतमान गाउँ सभापति किसनसिह सामन्त निर्विरोध निर्वाचित हुनु भएको छ ।
यस्तै अपिहिमाल गाउँपालिकामा पनि सर्वसम्म नेतृत्व चयन भएको छ । निर्वतमान गाउँ सभापति सोभनसिह लोथ्याल पुन सर्वसम्मत सभापति चयन भएका हुन् ।
यसैगरी मार्मा गाउँपालिकामा पनि निर्वाचनमा सभापति धनन्जय जोशी सभापतिमा निर्विरोध चयन भएको काग्रेस नेता शम्भु जोशीले जानकारी दिनुभयो । मार्मामा सबै पदाधिकारी सर्वसम्म चयन भएका छन् ।
यसैगरी नौगाड गाउँपालिकामा पनि नेपाली काग्रेस गाउँकार्यसमिति निर्विरोध चयन भएको छ । काग्रेस नेता जगतसिह ठगुन्नाका अनुसार नौगाडमा प्रेमसिह धामीको सभापतित्वमा निर्विरोध पदाधिकारी चयन भएका छन् ।
यसैगरी लेकम गाउँपालिकामा गाउँ सभापतिको लागि दुई जना बीच सहमति प्रयास भइरहेको छ । यो समाचार तयार पार्दासम्म सभापतिको लागि लेकम गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कमलापति मित्र, र मोहनदेव जोशीबीच सहमतिको प्रयास भइरहेको छ ।
अहिले अधिकांश स्थानीयतहमा उम्मेदवारबीच सहमति हुन नसकेपछि मनोनयन दर्ता गराएका छन् । दार्चुलाको व्याँस गाउँपालिका सभापतिको लागि पाँच जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
व्यासको गाउँ सभापतिको लागि वडा नम्बर ५ का वडाअध्यक्ष मङ्गलसिह धामी, नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य बासु ऐतवाल, निर्वतमान गाउँ सभापति नरेन्द्र भट्ट, पूर्व जिल्ला कार्यसमिति सदस्य करनसिह धामी र नेपाल तरुण दल व्यासका अध्यक्ष नरेन्द्र विष्टले सभापतिमा उम्मेदवारी मनोनयन गर्नुभएको छ ।
यस्तै दुहुँ गाउँपालिकामा नेपाली काग्रेस वडा नम्बर ३ का सभापति तेजबहादुर बम र वडा नम्बर ४ का वडा सदस्य नरेन्द्र कुवरले सभापतिको लागि उम्मेदवारी मनोनयन गरेका छन । दुवै स्थानीय तहमा सहमतिको लागि प्रयास नभए पछि उम्मेदवारी मनोनयन भएको हो ।
दार्चुलाका महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा पनि सहमति प्रयास भइरहेको काग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.