दार्चुला : भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका-४ खलंगास्थितको झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको छ । यसअघि बिहान ६ बजे खुलेर वेलुकी ७ बजे बन्द हुदै आएको सीमा पुल आजदेखि विहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने भएको छ ।
अब दिन छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोट्याइएको हो । यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर गर्छन् ।