राष्ट्रिय योग दिवस मालिकार्जुनमा ५ दिनसम्म मनाइदैँ

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ५ दिने राष्ट्रिय योग दिवस मनाउन लागिएको छ । ‘गरौं योग, रहांै निरोग’ भन्ने मुलनाराका साथ गाउँपालिकाको वडा नम्बर ८ मा रहेको शंकरपुर मावि पस्तीको विद्यालयमा नवौं योग दिवस मनाउन लागिएको गाउँपालिकाले जनाएको छ ।


शिक्षा विज्ञान प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय योग दिवसलाई साताव्यापी रुपमा मनाउने परिपत्र बमोजिम गाउँपालिकाले आयुर्वेद तथा बैकल्पिक चिकित्सा शाखाको आयोजनामा पाचँ दिने योग शिविरको आयोजना गरेको गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले बताए ।

योग दिवसलाई गाउँपालिकाका अध्यक्ष हिरा सिंह धामीले उद्घाटन गरेका छन् । योग शिविरमा उपस्थित भएर योग गर्न पालिकावासीहरुमा गाउँपालिकाले अनुरोध गरेको छ । आजदेखि सुरु भएको शिविर अगामी माघ १ गतेसम्म संञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हरेक वर्ष योग दिवस मनाउदैँ आएको छ । आज बिहानै शंकरपुर मावि पस्तीमा योग अभ्यास गरी दिवसको शुभारम्भ गरिएको गाउँपालिकाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.