सर्पको टोकाई बाट बालकको ज्यान गयो

दार्चुला – डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा विषालु सर्पको टोकाई बाट पाँच वर्षीया बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय हेमराज भण्डारीको ज्यान गएको हो ।

आइतबार साँझ घरको आँगनमा खेलिरहेको समयमा सर्पले डसेको थियो । सर्पको डसाइबाट गम्भीर भएका बालकलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याइए पनि उपचारका क्रममा गए राति ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्लामा गर्मी कायमै रहेका कारण सर्पदंशका घटना घटिरहेका जिल्ला अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.