दार्चुला-डडेल्धुरामा नेपाली कांग्रेसको देउवा र पौडेल पक्षबीच झडप भएको छ । आइतबार पौडेल समूहले आयोजना गरेको कार्यकर्ता भेलामा देउवा समूहले अवरोध गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।
पौडेल पक्षको भेलालाई कांग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा। शेखर कोइराला र गुरुराज घिमिरेले सम्बोधन गर्ने कार्यक्रम थियो । तर कार्यक्रम सुरु हुनै लाग्दा देउवा पक्षले कालो झण्डा देखाउन खोजेपछि झडप भएको हो ।
झडपमा केही कार्यकर्ता सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।