काठमाडौं- बजार ब्यवस्थापन तथा बिक्रि कर्मचारी संघ (ओम्स) नेपाल सुदूरपश्चिम प्रदेशको भेला तथा वनभोज कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित प्रदेश भेला तथा वनभोज कार्यक्रम जयराज मिश्रको अध्यक्षता तथा ओम्स नेपालका केन्द्रीय अध्यक्ष सुर्य पराजुलीको प्रमुख आतिथ्यता तथा जिफन्ट प्रदेश अध्यक्ष जीत बहादुर मल्लको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरु, मदिरा व्यवसायी संघ धनगढीका उपाध्यक्ष महेन्द्र कुमार सिंह, ओम्स नेपाल केन्द्रीय उपाध्यक्ष डम्मर ठकुल्ला, उपमहासचिव जनक ढकाल, केन्द्रीय सदस्य महेश फुलारा, गोबिन्द ओली, प्रमित पराजुली तथा मधेस प्रदेश संयोजक पंकज मिश्रको सहभागिता रहेको थियो ।
भेलाले प्रदेश समिति, महिला समिति र युवा समिति गठन गरेको छ । प्रदेश समितिको अध्यक्षमा जयराज मिश्र, उपाध्यक्षमा प्रमिला भण्डारी, सचीवमा प्रेम कार्की, उपसचिवमा भुपेन्द्र बम, कोषाध्यक्षमा सुशील पौडेल, सदस्यमा कृष्ण पोखरेल, विजय केसी, देवराज पाण्डे, दीपक ढकाल, रुद्र पौडेल, तेजराज भट्ट, गोविन्द भण्डारी र लिलाधर भण्डारी चयन भएका छन ।
युवा समिति अध्यक्षमा पुष्कर सिंह धामी चयन भएका छन् ।
उपाध्यक्षमा प्रमानन्द शर्मा, सचिवमा प्रेम सिंह धामी, उपसचिवमा लक्ष्मण शाह, कोषाध्यक्षमा राम प्रसाद भट्टराई, सदस्यमा खेम धामी, मुकुन्द भट्ट, प्रकाश नाथ, गणेश कुवर चयन भएका छन्।
यस्तै महिला समति पनि चयन गरिएको छ । महिला समितिको अध्यक्षमा निरमाया चौधरी, उपाध्यक्ष उमा गिरी, सचिव शिल्पा खाती, उपसचिव प्रमिला पाठक, कोषाध्यक्ष लक्ष्मी कडाला सदस्यमा कबिता आग्री, लबी बिष्ट, गीता चौधरी, अनुशा पार्की चयन भएका छन् ।