हेलिकप्टरमार्फत व्याँसमा खाद्यान्न ढुवानी सुरु

दार्चुला-दार्चुलामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका शाखा अधिकृत कल्पना विष्टका अनुसार सीनाको लागि १ सय क्वीन्टल चामल ढुवानी हुनेछ । यस्तै माल गाउँको लागि ४० क्वीन्टल, सुनसेरा २ सय, दुम्लीङ ४० क्वीन्टल, छाङ्गरु १२४ क्वीन्टल, र तिंकरको लागि ७५ क्वीन्टल खाद्यान्न ढुवानी हुनेछ ।
व्यास गाउँपालिकाका लागि ६ सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गर्न १ करोड ५३ लाख बजेट विनियोजन भएको छ ।
यसअघि व्यासको राप्ला र मालको लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.