दार्चुला । अभद्र व्यवहार मुद्दामा फरार दार्चुलााका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत दार्चुलाको मिति २०८२ पुस २३ गतेको फैसलाले अभद्र व्यवहार गर्न नहुने मुद्दामा ८ महिना ११ दिन कैद सजाय र ९ हजार जरिवाना तोकिएको महाकली नगरपालिका–४ बस्ने २२ वर्षीय भुपेन्द्र सिंह कुवँर पक्राउ परेका हुन्।
कुवँरलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
