आज ६६ औँ प्रहरी दिवस एक प्रहरी एक वृक्ष अभियान सुरु

दार्चुला – आज बुधवार देशैभर ६६ औँ प्रहरी, दिवसका अवसरमा एक प्रहरी एक वृक्ष अभियान देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष कार्यक्रम हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री, गृह मन्त्री लगायत उच्च पदस्थ व्यक्ति सहभागी हुँदैछन् ।
यस्तै, काठमाण्डौबाहिर केही दिनदेखि नै रक्तदान, वृक्षरोपण लगायतका कार्यक्रम भइरहेका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दिवसका अवसरमा शुभकामना दिँदै प्रहरीले दिने सेवा जनमुखी, पारदर्शी र छिटो छरितो हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.