जीवी राई गृहमन्त्री लामिछानेको सम्पर्कमा हुनुहुन्छ भन्ने सूचना पाएका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जीवी राई उपप्रधान तथा गृहमन्त्रीको सम्पर्कमा रहेको आफूहरूले सूचना पाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मलेसियामा रहेका राईलाई पक्राउ गरेर ल्याउन केले रोक्यो रु भन्दै प्रश्न गरे।

उनले भने–माघ १६ गते रवि लामिछाने गृहमन्त्री हुनुहुन्थ्यो। खरो स्वरमा बोलेर भन्नुभयो सरकारले जीवी राईलाई पक्राउ गर्न चाहेन। खोज्नै चाहेन। अहिले बोल्दै गर्दा भनिदिनुभयो आकाशमा होलान्, पातालमा होलान् हामी लिएर आउँछौँ। मलेसियामा छन् दुनियाँलाई थाहा छ। मलेसियाको कानून पनि हेर्नुहोला। जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो। मैले आरोप लगायो नभनौं तर हामीले पाएको सूचना अनुसार उहाँ गृहमन्त्रीको सम्पर्कमा हुनुहुन्छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.