बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव भेटियो

दार्चुला । बैतडीमा खोलाले बगाएर बेपत्ता भएका युवकको शव फेला परेको छ ।

आईतबार बिहान माडौ खोलाले बगाउदा बेपत्ता भएका सिगास गाउँपालिका २ का अन्दाजी २६ बर्षिय प्रकाश सिह धामीको शव फेला परेको जिला प्रहरी कार्यालय बैतडीले जनाएको छ। आज बिहान करिब १० बजेतिर बेपत्ता भएका धामीको शव दिउँसो १ बजे फेला परेको हो ।

उनको शव बगेको ठाउँबाट करिब १० किलोमिटर तल फेला परेको प्रहरी जनाएको छ । आफन्तको मलामी गएका धामी माँडौ खोला बगाउदा बेपत्ता भएका थिए ।

Leave A Reply

Your email address will not be published.