चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गयो

दार्चुला । तनहुँमा आज सोमवार बेलुकी चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ । बन्दीपुर गाउँपालिका ५ बाहुन भन्ज्याङकी ९ वर्षीया स्मृति थापा मगरको चितुवाको आक्रमणबाट ज्यान गएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।

बजारबाट घर फर्किँदै गरेको अवस्थामा चितुवाले आक्रमण गरेर बालिकाको ज्यान गएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले पुष्टि गर्नुभयो ।

बालिकाको शव दमौली अस्पतालमा ल्याउने तयारी भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.