फुट्यो जसपा, नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे अशोक राई

काठमाडौंं– उपेन्द्र यादव नेतृत्वको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल फुटेको छ। अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिइसकेको सांसद प्रदीप यादवले  जानकारी दिए।

‘हामीले जनता समाजवादी पार्टी नाममा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छौं,’ उनले भने, ‘पहिलेको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल थियो।’ जसपाका सात जना सांसदहरू निवेदन लिएर निर्वाचन आयोग पुगेका छन्।

सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठ निर्वाचन आयोगमा छन्। प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन्।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.