कानुन मन्त्री बडू बैतडीमा, भोलि दार्चुला आउने

 

दार्चुला । नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू बैतडी पुग्नु भएको छ । बैतडीको सदरमुकाम गोठलापानीमा हुने कांग्रेसको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा मन्त्री बडू सहभागी हुने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री बडूले दशरथचन्द नगर कार्यसमतिद्धारा आयोजीत कार्यक्रममा सम्बोधन गर्ने दशरथचन्द नगरपालीकाका काग्रंस नगर सभापती भुवन राज भट्टले जानकारी दिनुभयो। कार्यक्रममा सहभागीताका लागी कांग्रेस नेता कार्यकर्ता तथा पार्टीका सुभेच्छुक ब्यक्तिहरुलाई आग्रह गरिएको छ ।

कार्यक्रम गोठलापानीमा रहेको जगन्नाथ बहुमुखी क्याम्पसमा आयोजना गरिने पार्टीका जिल्ला उप–सभापती चतुरबहादुर चन्दले बताउनुभयो । यसअघि पाटनमा पनी कार्यक्रम हुने भनिएकोमा पाटनको कार्यक्रम तत्कालका लागी स्थगीत गरिएको उहाँले बताउनुभयो । मन्त्री बडू मंगलबार दार्चुलाको गोकुलेश्वर हुँदै खलंगा जाने कार्यक्रम छ ।

नेपाल सरकारका कानून, न्याय तथा संसदिय मामिला मन्त्री समेत रहनुभएका कांग्रेश नेता दिलेन्द्रप्रसाद बडू मन्त्रीको कार्यभार सम्हालेपछि कार्यकर्ता भेटघाटका लागि पहिलो पटक गृह जिल्ला दार्चुला आउँदै हुनुहुन्छ । मन्त्री बडू कात्तिक २ गते शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर पुग्ने र ४ गते दार्चुलाबाट फर्किने कार्यतालिका रहेको उहाँको सचिवालयले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.