नेपालगंज स्थित बागेश्वरी मन्दिरमा जय सियाराम युवा क्लबले ११ हजार दियो प्रज्वलन कार्यक्रम गर्ने 

दार्चुला – माता बागेश्वरी महादिपोत्सव नेपालगंज स्थित बागेश्वरी मन्दिरमा एघार हजार दियो प्रज्वलन गर्ने कार्यक्रम हुने भएको छ ।

आउने कार्तिक १६ गते मंगलबार जय सियाराम युवा क्लबले धनवन्तरी जयन्ती धन्तेरस को दिन बागेश्वरी मन्दिरमा भगवान र माताको फोटो राखेर पुजा गरी उत्सवको प्रारम्भ गर्ने छ । तिहारको शुभ अवसरमा जय सियाराम युवा क्लबले बागेश्वरी मन्दिरमा ११ हजार दियो बाली महादिपोत्सव मनाउने छन् ।

उक्त पर्वको तयारी जोडतोडका साथ भईरहेको जय सियाराम युवा क्लबका अध्यक्ष सुशील शाहुले जानकारी दिएका हुन् । महाद्वीप उत्सवमा ११ हजार दियो बाल्ने कार्यक्रम हिन्दुधर्मलम्बी पहिलो भब्य कार्यक्रम बनाउने तैयारी गरिरहेको अध्यक्षले जनाएका छन् । हिन्दु सनातन धर्मका देवता रामले वनवास को अवधि समाप्त पछि अयोध्या फर्किएको खुसीमा दियो बाली स्वागत गर्ने गरिन्छ ।

यस सँगै कार्यक्रममा नेपालगञ्ज वासी एवं नगर जनप्रतिनिधिहरुलाई दीप बाल्न निम्तियाउने उनले भने । अध्यक्ष शाहुले टोलवासी, नगरवासी, बुद्धिजीवी , लगायत महिला तथा बालबालिकाहरुको सक्रिय उपस्थिति हुन र सो कार्यक्रमलाई भव्य बनाउनका निम्ति सहभागिता जनाउन अनुरोध समेत गरेका छन् ।

दीपावलीको अवसर पारेर राम भगवानको भब्य शोभा यात्रा समेत निकाल्ने जनाइएको छ । माता बागेश्वरी महादिपोत्सवको १ दिन पहिला जय सियाराम युवा क्लबद्वारा कार्तिक १५ गते सोमबार साँझ ५ बजे श्री राजाराम रैली खाटु श्यामबाबा मन्दिर, शितलनगर देखि सुरु गरी बजार क्षेत्र भरी परिक्रमा गर्दै बागेश्वरी मन्दिर पुगेर समापन गर्ने छन् । राम भगवानको शोभायात्रामा ठुलो जनमानसको सहभागिता गराउने छन ।

त्यस्तै महादिपोत्सवकै दिन मध्यान्न १२ बजे देखि रामायणको सुन्दरकाण्ड पाठ पनि हुनेछ र उक्त पाठको समापन पश्चात साँझ ५ बजे देखि महादिपोत्सव ११ हजार दियो प्रज्वललन कार्यक्रम सुरु हुने जय सियाराम युवा क्लबका अध्यक्ष ले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.