दार्चुला – महोत्तरीको मनरा शिस्वा नगरपालिका १० को वडाध्यक्षमा रमेशकुमार राय अन्ततः विजयी हुनुभएको छ ।
२०७४ मा स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्षले चार वर्षपछि दोहोर्याएर मतगणना हुँदा दुई भोटले पराजय भोग्नुपरेको छ।मनरासिसवा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा पहिलो पटक मतगणना हुँदा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय २ भोटले विजयी भएका छन्। निर्वाचित वडाध्यक्ष अरुण कुमार चौधरी २ भोटले पराजित भएका छन्। २०७४ असोजमा भएको स्थानीय तहको निर्वाचनमा दुवैजनाले बराबर २६७(२६७ मत ल्याएका थिए। त्यसबेला गोलाप्रथा गर्दा नेपाली कांग्रेसका उम्मेदवार अरुणकुमार चौधरी विजयी भएका थिए। त्यसपछि वडाध्यक्षमा पराजित रमेश राय मतगणनामा धाँधली भएको भन्दै अदालत पुगेका थिए।
उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहोर्याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो। उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएको फैसलाविरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए। सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो। सर्वोच्च अदालतको आदेशमा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले आइतबार दिउँसो उच्च अदालत जनकपुरमा मतगणना गरेको हो।
जसमा वडाध्यक्षमा स्वतन्त्रबाट पराजित राय २ भोटले विजयी भएका छन्। निर्वाचित चौधरी २ भोटले पराजित भएका हुन्।