दार्चुला – नेपाली कांग्रेस बैतडीका नेताहरु पहिरोपिडीतको घरमा पुगेका छन् ।पहिरोपिडीतको अवस्था बुझ्न, राहत वितरण गर्न बैतडीका कांग्रेस नेता कार्यकर्ताहरु पहिरोपिडीतको घरघरमा पुगेका हुन् । नेपाली कांग्रेसका ,जिल्ला सभापति नरेन्द्रसिंह थापा,उपसभापति चतुरबहादुर चन्द उपसभापतिका उम्मेदवार रमेश पाण्डेय,सचिवका उम्मेदवारद्वय प्रेम चन्द र देवराज जोशी, सहसचिव पदका उम्मेदवार दशरथ सिंह चाँड,पूर्व पार्टी सचिव पूर्णानन्द लेखक, महाधिवेशन प्रतिनिधि दिनेशबहादुर चन्द,प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्ट, महाधिवेशन प्रतिनिधिका उम्मेदवार सुरेन्द्र ऐर,शिवनाथका पार्टी सभापति हिरा चन्द,वडा नम्बर ४ का सभापति कृष्णबहादुर चन्द, वडा नम्बर ५ का सभापति रविन्द्र बहादुर चन्दलगायतको टोली पिडीतको घरमा पुगेको हो ।
उक्त टोलीआज शिवनाथ गाउँपालिका वडा नम्वर ३,४,५,६ का पहिरोपिडीतको घरमा पुगेको हो । भेटका क्रममा नेपाली कांग्रेसका जिल्ला सभापतिका उम्मेदवार समेत रहेका चतुरबहादुर चन्दले पिडीतको लागि राहत तथा पुर्नस्थापनाको लागि सरकारसंग माग गर्ने बताउनुभयो । यसका साथै नेपाली कांग्रेस प्रदेश सभा ख का सभापतिका उम्मेदवार शिवराज भट्टले शिवनाथ ४ मा का पहिरोपिडीत काली खत्रीको परिवारलाई व्यक्तिगत पाँच हजार रुपैंया नगद सहयोग समेत गर्नुभएको छ । पहिरोले कालीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।जिल्लाका अन्य स्थानका पहिरोपिडीतको घरमा पुग्ने कार्यक्रम रहेको जनाइएको छ ।