कांग्रेस जिल्ला सभापतीमा नगर प्रमुख धामीद्धारा उम्मेद्वारी घोषणा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिँह धामीले नेपाली कांग्रेस जिल्ला सभापतिको लागि उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
आसन्न नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनका लागि नेपाली कांग्रेसमा अब हुने दार्चुलाको पार्टी सभापतिको उमेदवारका लागि दार्चुला जिल्ला कार्यसमितिका उपसभापति तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख समेत रहनु भएका धामीले दार्चुला जिल्लाको जिल्ला सभापतिको लागी उमेदवार हुने घोषणा गर्नु भएको हो ।

असोज ५ गतेका लागि तय भएको जिल्ला अधिबेशनका लागि दार्चुलामा अहिले टोल–टोलमा समिति चयन गर्ने कार्य चलिरहेको छ । स्थानीय तह स्तरको अधिवेशन सम्पन्न गरेर जिल्ला अधिबेशन गर्ने तयारी छ । शैल्यशिखर नगरपालिकाका नगरप्रमुख समेत रहेका कांग्रेस जिल्ला उपसभापति धामीले आफ्नो जिल्ला सभापतीमा आफुले पनि उम्मेदवारी दिने निश्चित रहेको बताउनुभयो।

जिल्ला उपसभापतिको जिम्मेवारीमा रहेकाले अबको आकांक्षा सभापतिको रहेको जानकारी दिनुभयो । ‘जिल्ला उपसभापति भएको हैसियले मेरो पनि जिल्लासभापतिमा उम्मेदवारी रहन्छ’ धामीले उहाँले भन्नुभयो । सर्वसम्मत् भएपनि आफू उपसभापति भएकाले सर्वसम्मत्बाट जाने र नभए चुनावी प्रक्रियामा जानुपरेपनि उम्मेदवारी निश्चित रहेको उहाँको भनाइ छ । नेतृत्व परिवर्तनशील हुनुपर्ने र एक जनाले मात्रै लामो समय नेतृत्वमा बसिरहनु उपयुक्त नहुने धारणा राख्नुभयो ।

कांग्रेस जिल्ला उपसभापति धामीले सके सम्म सर्वसम्मत्बाटै जिल्ला कार्युमितीको टुंगो लाग्न सक्ने सम्भावना रहेको र प्रयास पनि भइरहेको बताउनुभयो । कांग्रेस जिल्ला उपसभापति धामीले सके सम्म सर्वसम्मत्बाटै जिल्ला कार्युमितीको टुंगो लाग्न सक्ने सम्भावना रहेको र प्रयास पनि भइरहेको बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.