प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ :  सर्वोच्चका न्यायाधीशहरूको निचोड

दार्चुला – सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा दिनुपर्ने निचोड निकालेका छन् ।मङ्गलवार बिहान प्रधानन्यायाधीश जबरासँग भेट गरेपछि सर्वोच्चका न्यायाधीशहरूले छुट्टै छलफल गरी प्रधानन्यायाधीश जबराबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने निचोड निकालेका हुन् ।

बिहान न्यायाधीशहरूको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक हिसाबले नै बाहिरिने बताउनुभएको थियो । उहाँले कसैको दबाब र प्रभावमा आएर राजीनामा नदिने प्रस्ट पार्नुभएको थियो ।न्यायाधीशहरूले भोलि बुधवार बिहान फेरि छलफल गर्ने भएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशको भेट तथा छलफलका कारण आज पनि सर्वोच्चमा इजलास प्रभावित भएको छ ।यसैबीच मञ्चका अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेले विज्ञप्ति निकाले र नागरिकको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फूर्त रूपमा अघि बढ्ने वातावरण सिर्जना गर्न प्रधानन्यायाधीशले सहज निकास दिनुपर्ने बताएका छन । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.