दार्चलाबाट ८ जना जुवाडे पक्राउ

दार्चुला– दार्चुलामा जुवाखालबाट ८ जना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलंगास्थितको महाकाली नगरपालिका–४ नमूना टोलबाट आइतवार साझँ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ का जनक ठेकरे, दुँहु गाउँपालिका–२ का दिपेन्द्र कार्की, पदम कार्की, नौगाड गाउँपालिका–१ का सागर सिंह ठगुन्ना, शेर सिंह महता, निरज धामी, मार्मा गाउँपालिका–६ का बिक्रम सिंह धामी र महाकाली नगरपालिका–४ का गोविन्द धानुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिए ।

गोविन्द धानुकको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा हानेको हो । उनीहरुको साथबाट ९३ हजार २ सय २० नगदसमेत बरामद गरिएको उनले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा राखी कानूनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.